लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघको तीन गते बस्दैछ ।
उक्त बैठकमा नेपालको संविधानको धारा १८२ को उपधारा १ र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको प्रदेश सभा सचिवालयले सूचना प्रकाशन गरी जानकारी गराएको हो ।
प्रदेशको सभामुख र उपसभामुखको निर्वाचनको लागि २ गते दिनको १ बजेदेखि ५ बजेसम्मको लागि मनोनयन दर्ताको समय राखिएको छ । त्यस्तै ५ः३० बजे प्रस्तावित उम्मेदवारहरुको सूची प्रकाशन हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
त्यस्तै ३ गते १ बजे बस्ने प्रदेश सभा बैठकमा निर्णयार्थ पेश हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी गराउनु भएको छ ।
