सहकारीको बिकासबाट मुलुकको आर्थिक बिकासमा टेवा पुग्छ : नगरप्रमुख खाँण

42

सहकारीको बिकासबाट मुलुकको आर्थिक बिकासमा टेवा पुग्छ : नगरप्रमुख खाँण

तिलोत्तमा नगरपालिकाका नगर प्रमख तथा नेपाल सहकारी बोर्डका संचालक रामकृष्ण खाँणले सहकारीको बिकासबाट मुलुकको आर्थिक बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ । बुटवलस्थित हरियाली बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख खााँणले नेपालको सहकारी आन्दोलन सफलतातर्फ उन्मुख भएको पनि उल्लेख गर्नुभयो ।
नेपालमा सहकारीको बिकासबाट निम्न र निम्नमध्यम बर्गीय समुदायका जनताको आर्थिक र सामाजिक बिकासमा टेवा पुर्याएको भन्दै सहकारी बोर्डका संचालक समेत रहेनु भएको नगरप्रमुख खाँणले अव सहकारीहरुको लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्नेमा जोड दिनुभयो ।
२०५४ मा स्थापना भएको सो सहकारीको सदस्य संख्या ५३४ र बार्षिक बजेट करिब ५ करोड रहेको अध्यक्ष सिद्धार्थकुमार शाक्यद्धारा साधारण सभामा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ । सो अवसरमा सहकारीका अध्यक्ष सिद्धार्थकुमार उदय, पुर्वअध्यक्ष आशा श्रेष्ठ, सल्लाहकार हरिध्वज मल्ल, उपाध्यक्ष बेधानिधी रिजाल, सचिव राजु भारी, कोषाध्यक्ष प्रदिपमान सिमांगैडा, सदस्य सुरेश बज्राचार्यलगाएतले सहकारीले आफ्ना सदस्यहरुको मात्र नभई समाजकै बिकासमा योगदान पुर्याएको चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा सहकारीका जेष्ठ सदस्य, असल ऋणी, सदस्य परिवारका जेहन्दार बिद्यार्थीहरु र असल सदस्यलाई सम्मान गरिएको थियो । ए—प्लस ग्रेड लिएर गतबर्ष एसईई उत्तिर्ण सहकारीका सदस्यपरिवारका ३ जना बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।