लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेको छ । सत्तारुढ दलहरुको तर्फबाट प्रदेश सभा सदस्यहरु भूमिश्वर ढकालको प्रस्ताव र आशिषकुमार चौधरीको समर्थनमा घर्तीले प्रदेशको सभामुखमा उम्मेदवारी दिनु भएको हो । घर्ती पाल्पाको क्षेत्र नं. २(ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।
उपसभामुख पदमा भने तीन जनाको उम्मेदवारी परेको छ । उपसभामुख पदमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको उम्मेदवारी परेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी गराउनु भयो ।
उपसभामुखमा उम्मेदवारी दिनु भएका काँग्रेस सांसद पाठकको प्रतावकमा प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल, राप्रपाकी खाँणको प्रस्तावकमा ईन्द्रजीत थारु र समर्थकमा चन्द्रकेस गुप्ता, नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहनु भएको छ । सभामुख र उपसभामुख चयनका लागि भोली मंगलबार दिउँसो निर्वाचन हुँदैछ ।
