लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वासको मत लिने

142

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले यहि माघ ५ गते विश्वासको मत लिनु हुने भएको छ ।
पुस २७ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएका गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्रदेश सभा सचिवालयलाई जानकारी पत्र बुझाउनु भएको छ ।
उहाँले प्रदेश सभाका १० दल मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।