चलचित्रकर्मी पत्रकार संघमा न्यौपाने

39

चलचित्रकर्मी पत्रकार संघमा न्यौपाने

नेपाल चलचित्र कर्मी पत्रकार संघ रुपन्देहीको अध्यक्षमा मोहन न्यौपाने निर्वाचित हुनु भएको छ । मंगलबार बुटवलमा सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा न्यौपाने निर्वाचित हुनु भएको हो ।
त्यस्तै संघको कार्यसमितिको उपाध्यक्ष पदमा दिनेशकुमार श्रेष्ठ, सचिवमा विकास गौतम, सहसचिवमा कल्पना डुम्रे, कोषाध्यक्षमा राजिव भुसाल निर्वाचित हुनु भएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा विकास पराजुली, डिवि सुसलिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ ।