लायन्स बुटवल तिलाेत्तमामा संस्थापकलाई सम्मान

39

लायन्स बुटवल तिलाेत्तमामा संस्थापकलाई सम्मान

लायन्स क्लव अफ बुटवल तिलाेत्तमामा संस्थापक सदस्य तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएकाे छ । क्लवकाे २३ ओैं स्थापना दिवसकाे अवसरमा शनिबार आयाेजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएकाे हाे ।
सन् १९९९ मा लायन्स क्लव अफ बुटवलकाे स्पाेन्सरमा हिमाल कसजूकाे अध्यक्षतामा ३९ सदस्य रहेकाे लायन्स क्लव अफ बुटवल तिलाेत्तमा स्थापना गरिएकाे थियाे । अहिले क्लवमा सदस्य संख्या ४८ पुगेकाे छ भने २ वटा क्लव स्पाेन्सर गरेकाे छ । क्लव स्थापना पछि सामाजिक गतिविधिमा सक्रिय छ । स्वास्थ्यलाई प्राथमिकता दिएकाे क्लवले पाठेघरकाे मुखकाे क्यान्सर विरुद्ध शिक्षा र शिविर सञ्चालन गर्दै आएकाे छ भने बुटवलमा पाठेघरकाे मुखकाे क्यान्सर सम्बन्धि क्लिनिक सञ्चालन गरिएकाे क्लवका अध्यक्ष नवीनप्रसाद श्रेष्ठले जानकारी गराउनु भयाे ।
कार्यक्रममा बाेल्दै डिष्ट्रिक गभर्नर नवराज न्याैपानेले क्लवले धेरै राम्रा काम गरेकाे बताउँदै अब पहिचान खाेज्ने बेला आएकाे बताउनु भयाे । उहाँले क्लवले सञ्चालन गरेकाे पाठेघरकाे मुखकाे क्यान्सर सम्बन्धि क्लिनिकलाई अस्पतालकाे रुपमा विकास गर्न प्रकृया अगाडि बढेकाे र २५ प्रतिशत म्याचिङ फण्डकाे लागि तयार हुन आग्रह गर्नुभयाे ।
डिष्ट्रिकका मल्टिपल काउन्सिल चियरपर्सन अरुणप्रताप राणा, फस्ट भाइस डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजु, बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, एरिया चिफ माधव खनाल, सल्लाहकार भुपालकुमार श्रेष्ठ, लायन्स डिष्ट्रिक डेपुटी चिफ तथा क्लवकी सल्लाहकार सरस्वती अमात्य, स्पाेन्सर क्लव लायन्स क्लव अफ बुटवलका अध्यक्ष महेश श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रम उपाध्यक्ष अशाेककुमार श्रेष्ठकाे धन्यवाद तथा सचिव रेनुप्रसाद पाण्डेकाे सञ्चालनमा भएकाे थियाे ।