लुम्बिनीमा काँग्रेसले आफ्ना सांसदलाई प्रशिक्षण गर्दै

34

लुम्बिनीमा काँग्रेसले आफ्ना सांसदलाई प्रशिक्षण गर्दै

नेपाली काँग्रेसले लुम्बिनी प्रदेशमा पार्टीबाट जितेका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको शनिबार बसेकाे पहिलो बैठकले याे निर्णय गरेको हो । बैठकले प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरूदेखि युवा, तथा विद्यार्थीलाई प्रशिक्षण दिने निर्णय गरेको छ ।
पार्टीको  सिद्धान्त, अनुशासन, राजनीतिक एवं सामाजिक विषयमा प्रशिक्षण दिने निर्णय भएको  प्रदेश उपसभापति एवं प्रशिक्षण विभागका संयोजक भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । उहाँका अनुसार युवा तथा विद्यार्थीलाई राजनीति तथा स्वरोजगारको प्रशिक्षण दिईने छ ।
बैठकमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले जनप्रनिधिलाई सुशासन र उनीहरूको क्षमता वृद्धिले पार्टी र राष्ट्रलाई  थप लाभ हुने गरी स्थानीय तहसम्म प्रशिक्षण सञ्चालन गर्न निर्देशन दिनुभयाे । बैठकमा प्रदेशका महामन्त्री विक्रम खनाल, कोषाध्यक्ष प्रकाश राना, पार्टी कार्यालय मुख्य सचिव मोहनराज शर्माले प्रशिक्षणले पार्टीलाई थप चलायमान गराउन महत्पूर्ण योगदान दिने गरी योजना बनाएर अगाडि जानुपर्ने भनाई राख्नु भयाे ।
त्यस्तै यहि माघ २० गते भित्रमा प्रदेशका सबै जिल्लामा प्रशिक्षण विभाग गठन गर्ने निर्णय गरिएकाे छ । बैठकमा प्रदेशका १२ वटै जिल्लाका उपसभापतिहरूले आफ्नो जिल्लाको पार्टीको अवस्थाबारे ब्रिफिङ गर्नु भएकाे थियाे ।