पश्चिम नेपालमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

27

पश्चिम नेपालमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पश्चिम नेपालका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । जल तथा मौषम विज्ञान विभाग मौषम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जानकारी गराएको हो ।
महाशाखाका अनुसार बुधबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का वर्षा तथा हिमपात भएको छ ।

नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मितिः २०७९/१०/११ गते साँझ ०६ː०० बजे
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । साथै सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का वर्षा/हिमपात भैरहेको छ ।

२०७९ माघ ११ गते (बुधवार)
रातीː लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ माघ १२ गते (बिहीबार)
दिउँसोː प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीː प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७९ माघ १३ गते (शुक्रवार)
दिउँसोː प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीː प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) :
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।