युराेपियन प्रविधिकाे ‘लाईट गेज स्टिल फ्रेमिङ सिष्टम’ के हाे ?

62

युराेपियन प्रविधिकाे ‘लाईट गेज स्टिल फ्रेमिङ सिष्टम’ के हाे ?

घर तथा भवन निर्माणकाे लागि नेपालमा भित्र्याइएकाे युरोपियन प्रविधिमा आधारित ‘लाईट गेज स्टिल फ्रेमिङ सिष्टम’काे बारेमा इञ्जिनियरहरुलाई जानकारी गराईएकाे छ । आइ.टी. स्टिल स्टक्चर सोलुसन प्रालीले भित्र्याएकाे याे प्रविधि नेपालकाे लागि नाैलाे हाे ।
नेपाल ईन्जिनियर एसोसिएसन लुम्बिनी प्रदेश समेतकाे आयाेजनामा शनिबार रुन्देहीकाे मणिग्रामा भएकाे कार्यक्रममा उक्त प्रविधिकाे बारेमा जानकारी गराईएकाे हाे ।
कार्यक्रममा बोल्दै कन्सल्टेन्ट लायन्स फ्रानेस करीले याे प्रविधि ईट्टाका घरहरुको बैकल्पिक समाधान रहेको र तीन तला सम्मकाे आवासीय, व्यापारिक र औधोगिक भवनहरु बनाउन सकिने जानकारी गराउनु भयाे ।
सन् २०१५ मा भूकम्प जाँदा कंक्रिटबाट निर्माण भएका पूर्वाधारमा ठूलो क्षती भयो । त्यतिवेलासम्म भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिईएको थिएन । जसका कारण ठूलो क्षेती व्यहोर्नु पर्यो । यसको वैकल्पिक समाधान के हुन सक्छ भन्ने विषयमा धेरै अध्ययन गरेर नैपालमा एकदमै नयाँ काम सुरु गरिएकाे आइ.टी. स्टिल स्टक्चर सोलुसन प्रालीकी डाइरेक्टर श्रृष्टी गुरुङले बताउनु भयाे ।
याे प्रविधिबाट घर तथा भवन निर्माण गर्दा हल्का (पातला) स्टिलका पाता प्रयोग गरेिन्छ । उक्त स्टिलका पाटामा जिंक कोडिङ हुने भएकाले खिया लाग्दैन ।
यो प्रविधीको प्रयोगबाट घर तथा भवन बनाउदा खिया प्रतिरोधी, मजबुत, हलुका,भुकम्प प्रतिरोधक, प्री ईन्जिनियड, आगो प्रतिरोधक, छिटो र वातावरण मैत्री, सजिलो ढुवानी, बलियो जडान सहितको घर तथा भवन निर्माण हुने म्यानेजिङ डाइरेकटर साेनाली गुरुङ बताउनु हुन्छ ।
कार्यक्रममा ईन्जिनियर एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष शैलेन्द्र श्रेष्ठ, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, बुटवलका व्यवसायी माधव नेपाल लगायतले भूकम्प तथा अग्नि प्रतिराेधि, टिकाउ, कम लागत, छिटाे छरिताे निर्माण पनि हुने देखिएकाेले याे प्रविधि बढी उपयाेगी हुन सक्ने भनाई राख्नु भयाे ।