हार्डवेयरका सामानमा पनि झाेले पाेकेकाे समस्या

31

हार्डवेयरका सामानमा पनि झाेले पाेकेकाे समस्या

हार्डवेयरका सामानमा पनि झाेले पाेकेकाे समस्या आउन थालेकाे व्यवसायीहरुले गुनासाे गरेका छन् ।
खुला सिमा नाकाकाे फाईदा उठाएर अन्य सामानहरु लत्ताकपडा, खाद्यान्न, कस्मेटिक जस्तै गरी पछिल्लाे समयमा हार्डवेयरका सामान पनि भन्सार छलिकाे बाटाेबाट आउन थालेकाे उनीहरुले बताएका हुन् ।
मुलुकमा उत्पन्न भएकाे आर्थिक अवस्थाकाे कारण नगन्य रुपमा खस्किएकाे व्यापारमा पिल्सिएका व्यवसायीलाई यसले थप पीडा दिएकाे बुटवल उद्याेग वाणिज्य संघका कार्य समिति सदस्य हार्डवेयर व्यवसायी दीपक चापागाइले बताउनु भयाे ।
बुटवल उद्याेग वाणिज्य संघ हार्डवेयर बस्तुगत समितिले शनिबार गरेकाे पिकनिक कार्यक्रममा बाेल्दै उहाँले यसमा व्यवसायीहरु थप चनाखाे हुन पनि आग्रह गर्नुभयाे ।
त्यस अवसरमा बाेल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले राज्य संयन्त्र चुक्दै जाँदा व्यवसायीहरुलाई एकपछि अर्काे समस्या थपिदै गएकाे बताउँदै आर्थिक समस्याका कारण व्यवसायीलाई धेरै अफ्ठ्याराेमा परेकाे भनाई राख्नु भयाे । उहाले याे समस्याकाे समयमा सबै व्यवसायी एक ढिक्का भएर सामुहिक आवाज उठाउनु पर्ने बताउनु भयाे ।
हार्डवेयर बस्तुगत समितिका सभापति अनिल गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समितिका पूर्व सभापति गाैरीशंकर गुप्ता, कार्यक्रम संयाेजक पप्पुकुमार गुप्ता, सचिव धर्मेन्द्र कसाैधन लगायतले भनाई राख्नु भएकाे थियाे ।