दाङको भ्रमण टाेलीलाई बुटवलमा स्वागत : सहकार्यमा जोड

92

दाङको भ्रमण टाेलीलाई बुटवलमा स्वागत : सहकार्यमा जोड

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दाङ जिल्ला उद्योग वाणिज्य संघलाई बुटवलमा स्वागत गरेको छ । औद्योगिक क्षेत्र तथा उद्योग वाणिज्य संघहरुको संस्थागत अध्ययन भ्रमणमा आएको टोलीलाई संघमा स्वागत गर्नुको साथै बुटवल औद्योगिक क्षेत्रमा अध्ययन भ्रमण गराएको हो ।
दाङका २१ जनाकाे टेली औद्योगिक क्षेत्र तथा उद्योग वाणिज्य संघहरुको संस्थागत अध्ययन भ्रमणमा आएको हाे । त्यस अवसरमा उद्योगी व्यवसायीका वर्तमान समस्या, समाधानका उपायहरु, दुई संघ विच सम्बन्ध र सहकार्य लगायतका विषयमा छलफल भएको थियो ।
दाङबाट आएको टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले स्थापना कालदेखि नै यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा गरेका योगदानको बारेमा जानकारी गराउनु भयो । उहाँले उद्योगी व्यवसायीमा आउने आझा समस्या र नयाँ अवसरहरुमा सहकार्यको लागि प्रस्ताव गर्नुभयो ।
२०१० सालमा स्थापित संघले स्थापना कालदेखि नै यस क्षेत्रको आर्थिक विकासको साथै सामाजिक तथा शैक्षिक र स्वास्थ्यको क्षेत्रमा विशेष योगदान गर्दै आएको छ ।
त्यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले भ्रमणको उद्देश्य, दुई संघका विचमा हुनसक्ने सहकार्यका थप विषय बस्तुमा भनाई राख्दै सहकार्य गर्न तयार रहेको भनाई राख्नुभयो ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले संघले गरेका गतिबिधि सहितको संक्षिप्त जानकारी मुलक प्रस्तुती गर्नुभएको थियो । कार्यक्रम सचिव मुक्ति अधिकारीको सञ्चालनमा भएको थियो ।