रुपन्देहीमा शहिद स्मृति प्रतिष्ठान गठन

62

रुपन्देहीमा शहिद स्मृति प्रतिष्ठान गठन

रुपन्देहीमा शहिद स्मृति प्रतिष्ठान गठन गरिएको छ । बुटवलमा सोमबार सम्पन्न भेलाले सुन्दर गहतराज अध्यक्ष रहेको ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा मुक्ति अधिकारी ,सचिवमा मुक्तिप्रसाद भट्टराई, सहसचिवमा  कृष्णमाया राना, कोषाध्यक्षमा काशिराम पौडेल र सदस्यहरुमा हरिहर श्रेष्ठ, माधव प्रधान, मिना जिसी, बाबुराम नेपाल रहनु भएकाे छ । त्यस्तै सल्लाहकारमा बालकुमारी भण्डारी, टेकबहादुर थापा, महेन्द्र थापा, बसन्तप्रसाद ढकाल, गणेश शर्मा, कानुनी सल्लाहकारमा खडानन्द भण्डारी र प्रेस सल्लाहकारमा कपिल ज्ञवालीलाई चयन गरिएकाे छ ।
प्रतिष्ठानका प्रदेश संयोजक काजिमान श्रेष्ठकाे अध्यक्षता तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि, प्रदेश सदस्य बालकुमारी भण्डारीको आतिथ्यतामा भेला भएको हो । सो अवसरमा बोल्दै नेतृ भण्डारीले काँग्रेसलाई समयसापेक्ष चलाउनु पर्ने र शहिदहरुको सम्मानमा सधैँ लाग्नुपर्ने बताउनु भयाे।
प्रतिष्ठानका प्रदेश संयोजक श्रेष्ठले रुपन्देहीमा सबै सहिद अटाउने गरी शहिद स्मृति पार्क निर्माणका लागि पहल गर्ने बताउनु भयाे ।
कांग्रेस क्षेत्र न २ का क्षेत्रीय सचिव बिमलराज भट्टराईले नेपालमा  अझै पनि उन्नत लोकतन्त्र आएको अनुभुति नभएको बताउँदै बुटवलको पहिचान झल्कने काम गर्नका लागि बृहद योजना सहितको साझा सहिदपार्क बनाउनु पर्ने भनाई राख्नु भयाे ।
सल्लाहकार टेकबहादुर थापा, महेन्द्र थापा लगायतले बोल्दै  शहिदहरूको खोज अनुसन्धान, परिवारको सम्मान, शालिक निर्माण गर्नुपर्ने बताउनु भएकाे थियाे ।