कार्यस्थलमा आधारित तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास

1.3K

कार्यस्थलमा आधारित तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास

कार्यस्थलमा आधारित तालिमबाट दक्ष जनशक्ति उत्पादनमा याेगदान पुग्नेमा उद्याेगीहरु आशावादी देखिएका छन् । कार्यस्थलमै तालिम प्रदान गर्दा उद्याेगका लागि चाहिने जनशक्ति उत्पादन पनि हुने र त्यसले उद्याेगमा आवश्यक सीपयुक्त जनशक्ति पनि पूर्ती गर्न सक्ने उनीहरुकाे भनाई छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आई.एल.ओ.) काे सहयाेगमा नेपाल उद्याेग वाणिज्य महासंघ र बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीकाे आयाेजनामा बुटवलमा आयाेजना गरिएकाे ईम्प्लाेयर मिटमा उद्याेग प्रतिष्ठानमा सीपयुक्त जनशक्तिकाे खाँचाे भएपनि श्रम बजारमा आएका तालिमयुक्त जनशक्ति उद्याेगमा आवश्यक पर्ने सीप नभएकाे बताउंदै त्यसकाे लागि कार्यस्थलमा आधारित तालिम फलदायी हुने बताएका थिए ।
नेपाल उद्याेग वाणिज्य महासंघले आईएलओकाे सहयाेगमा कार्यस्थलमा आधारित तालिम सुरु गरिएकाे छ । साेही अनुसार महासंघले क्षेत्रगत रुपमा कस्ता तथा कति संख्यामा जनशक्ति आवश्यकता छ ? प्रभावकारी सूचना खाेजेकाे छ ।
त्यस अवसरमा बाेल्दै नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले जनशक्ति उत्पादनमा तालिम प्रदायक र उद्याेगकाे आवश्यकतामा तारतम्य नमिलेकाे बताउनु भयाे । उहाँले एकातिर राेजगारीकाे लागि विदेशीने जनशक्तिकाे लाईन लागेकाे र यहाका उद्याेगीले जनशक्ति नै पाउन कठिन हुन लागेकाे बताउँदै भएका दक्ष जनशक्ति पनि टिकाउन गाह्राे भएकाे भनाई राख्नु भयाे ।
त्यस्तै बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले दक्ष जनशक्तिकाे अभावमा विदेशी कामदार राख्नु पर्ने वाध्यतालाई कार्यस्थलमा आधारित तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयाे ।
नेपाल उद्याेग वाणिज्य महासंघका सहनिर्देशक अजितकुमार गुप्ताले उद्याेगी व्यवसायीहरुकाे लागि आवश्यकता महशुस गरेर याे कार्यक्रम ल्याएकाे बताउंदै यसलाई प्रभावकारी बनाउन श्रमबजार सूचना प्रभावकारी हुनुपर्ने र उद्याेगी व्यवसायीले नै इन्फरमेशन गर्नुपर्ने बताउनु भयाे । त्यस अवसरमा विज्ञ खेमराज काफ्लेले कार्यस्थलमा आधारित तालिमकाे बारेमा जानकारी गराउनु भएकाे थियाे । उहाँका अनुसार उद्याेगमा काम गर्दै सिकाउने प्रयाेगात्मक विधिलाई कार्यस्थलमा आधारित तालिम भनिन्छ । कार्यक्रम संघका महासचिव बिमलराज भट्टराईकाे सञ्चालनमा भएकाे थियाे ।