बन्याे आठ दलीय गठबन्धन : राष्ट्रपति काँग्रेसलाई दिने सहमति

35

बन्याे आठ दलीय गठबन्धन : राष्ट्रपति काँग्रेसलाई दिने सहमति

प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले एमालेसँगकाे गठबन्धन ताेड्दै नयाँ आठ दलीय गठबन्धन बनेकाे छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् ।
शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राख्नु भएकाे थियाे । साेही अनुसार राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई सघाउने गरी नयाँ राजनितिक समिकरण बनेकाे हाे ।
प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।