नेपाली काँग्रेसले नेता रामचन्द्र पाैडेललाई राष्ट्रपतिकाे उम्मेद्वार बनाउने निर्णय गरेकाे छ । काँग्रेस कार्यसम्पादन समितिकाे शनिबार बिहान बसेकाे बैठकले नेता पाैडेललाई राष्ट्रपतिकाे उम्मेद्वार बनाउने निर्णय गरेकाे हाे ।
यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यसूची छ । नयाँ सहमति अनुसार कांग्रेस-माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।