नेकपा एमालेले नेता सुवास नेम्वाङलाई राष्ट्रपतिकाे उम्मेद्वार बनाउने निर्णय गरेकाे । शनिबार बिहान पार्टी कार्यालय च्यासलान बसेकाे पदाधिकारी बैठकले नेता नेम्वाङलाई राष्ट्रपतिकाे उम्मेद्वार बनाउने निर्णय गरेकाे हाे ।
हिजाे मात्रै माओवादी केन्द्र सहितकाे ८ दलिय गठबन्धन बनाउदै राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई सहयाेग गर्ने निर्णय लिएका थिए । तर एमालेले १० पुसकाे सहमति अनुसार नै अगाडि बढ्ने निर्णय लिएकाे छ ।
त्यतिबेला एमाले माओवादी केन्द्रकाे बिचमा प्रधानमन्त्री र सभामुखमा आधा आधा समय आलाेपालाे गर्ने, राष्ट्रपती एमनलेलाई दिनेगरी सहमति भएकाे थियाे । त्यसै अनुसार एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनु भएकाे थियाे ।
प्रधानमन्त्रीले विश्वासकाे मत लिदा काँग्रेसले विश्वासकाे मत दिएकाे थियाे । भने एमाले अध्यक्ष केपि ओलीले संसद विघटनलाई सहि सावित गर्न खाेजेपछि एमालेसंग प्रधानमन्त्री प्रचण्डकाे असन्तुष्टी सुरु भएकाे थियाे ।