कोरियन भाषा परीक्षा सञ्चालनको लागि बुटवलमा अध्ययन

80

कोरियन भाषा परीक्षा सञ्चालनको लागि बुटवलमा अध्ययन

रोजगारीको लागि कोरिया जान चाहने युवाहरुलाई बुटवलमै कोरियन भाषा परीक्षा (इम्प्लोईमेन्ट प्रमिट सिष्टम–ईपिएस) सञ्चालनको लागि फरेन वर्क फोर्स एण्ड ग्लोवल एचआरडि कोरिया र ईपिएस नेपालले अध्ययन सुरु गरेको छ ।
रोजगारीको लागि कोरिया जान परीक्षा दिने युवाहरुको चाप बढेको र यसलाई थप व्यवस्थित र परीक्षार्थीलाई सहज बनाउनको लागि काठमाण्डौ बाहिर पनि परीक्षा सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको ईपिएस नेपालका डाईरेक्टर पुष्पराज कटुवालले बताउनु भयो । ‘काठमाण्डौ बाहिर पनि भाषा परीक्षा सञ्चालन गर्नुपर्छ भन्ने भएको छ ।’ उहाँले भन्नुभयो–‘तर कहाँ कहाँ परीक्षा सञ्चालन गर्न सकिन्छ, अध्ययन र छलफल मै छौं ।’
शुक्रबार मात्रै फरेन वर्क फोर्स एण्ड ग्लोवल एचआरडि कोरियाका भाईस प्रेसिडेन्ट किम संङ् जे र ईपिएस नेपालका डाईरेक्टर पुष्पराज कटुवाल सहितको टोलीले बुटवलको कोरिया नेपाल ईष्टिच्युट अफ टेक्नोलोजी लगायतमा स्थलगत अवलोकन गरिएको अंकुर नेपालका संस्थापक अध्यक्ष गम्भिर गुरुङले बताउनु भयो । आफूहरुले पनि बुटवल आसपासको कुनै स्थानमा भाषा परीक्षा सञ्चालन गर्न आवश्यक रहेको र परीक्षा सञ्चालन गर्न सकिने कुराको अवगत गराएको उहाँले बताउनु भयो ।
फरेन वर्क फोर्स एण्ड ग्लोवल एचआरडि कोरियाका भाईस प्रेसिडेन्ट किम संङ् जेले भाषा परीक्षा सञ्चालनको लागि भवन र आवश्यक उपकरण चाहिने भएकाले तत्कालका लागि काठमाण्डौ बाहिर परीक्षा सञ्चालन गर्न त्यति सहज नभएको बताउनु हुन्छ । तर विभिन्न स्थानमा अध्ययन र छलफल भईरहेकाले आगामी दिनमा हुन सक्ने उहाँको भनाई छ ।
अहिलेसम्म अदक्ष जनशक्तिलाई लईरहेको कोरियाले अवको दिनमा दक्ष जनशक्ति पनि लैजाने तयारी गरेको छ । फरेन वर्क फोर्स एण्ड ग्लोवल एचआरडि कोरियाका भाईस प्रेसिडेन्ट किम संङ् जेका अनुसार सुरुका दिनमा वेल्डिङ् सिकाएर लैजानेकी भन्ने रहेको उहाँले बताउनु भयो । तर त्यसको लागि त्यसको लागि कोरिया सरकारले निर्णय लिनुपर्ने उहाँको भनाई छ ।