मर्यादित भएर होली मनाउन प्रहरीको आग्रह

1.3K

मर्यादित भएर होली मनाउन प्रहरीको आग्रह

सभ्य र मर्यादित भएर होली मनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ । होलीको समयमा हुने उच्छृङखल गतिबिधि रोक्नको लागि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । होली पर्वलाई सभ्य र मर्यादित बनाउनको लागि रुपन्देहीमा प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले बताउनु भयो ।
होलीका बहानामा हुने अपराधिक कृयाकलाप रोक्नको लागि प्रहरीले भिडभाड गर्ने, जवरजस्ती रङ लगाउने तथा पानीका लोला हान्ने कार्यलाई निशेष गरिएको उहाँले बताउनु भयो । जवरजस्ती ती काम गर्ने तथा अवान्चित कुनै पनि काम गर्ने व्यक्तिलाई कडा कारवाही गर्ने पनि उहाँले बताउनु भयो ।
उहाँका अनुसार होलीको समयमा प्रहरी प्रशासनले एक हजार दुई सय बन्दा बढी जनशक्ति परिचालन गरिएको र आवश्यकता अनुसार चेकप्वाईन्ट तथा मोवाईल गस्ती पनि गरिने छ । होलीको समयमा विशेषगरी मोटरसाईकलमा दुईजना भन्दा बढी सवार हुने, तिब्र गतिमा सवारी चलाउने पनि हुन सक्ने भन्दै मातहतका कार्यालयहरुलाई निर्देशन गरिसकिएको उहाँले बताउनु भयो । सभ्य र मर्यादित रुपमा होली बनाउन आग्रह गर्दै कहिँकतै अवाञ्चित गतिबिधि भएमा प्रहरीलाई सूचना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।