पहाडी भु-भागका केही स्थानमा हल्का वर्षाकाे सम्भावना

21

पहाडी भु-भागका केही स्थानमा हल्का वर्षाकाे सम्भावना

आज मौसम बदली हुनुकाे साथै पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना देखिएकाे छ । उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेकाे माैषम पुर्वानुमान महाशाखाले जनाएकाे छ।
आजै राति पनि  कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ।
भाेली आइतबार पनि पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकाे छ ।