आज राष्ट्रपति चयनकाे लागि निर्वाचन हुदै

15

आज राष्ट्रपति चयनकाे लागि निर्वाचन हुदै

आज राष्ट्रपति चयनकाे लागि निर्वाचन हुदैछ । राष्ट्रपति पदकाे लागि नेपाली काँग्रेसबाट रामचन्द्र पाैडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेद्वार हुनुहुन्छ ।
संसद भवन बानेश्वरमा बिहान १० देखि दिउसाे ३ बजेसम्म मतदानकाे समय निर्धारण गरिएकाे निर्वाचन आयाेगले जनाएकाे छ । आजै साझ ७ बजे भित्रै मत परिणाम सार्वजनिक गर्नेगरी निर्वाचन आयाेगले तयारी गरकाे निर्वाचन अधिकृत महेश शर्मा पाैडेलले जानकारी गराउनु भएकाे छ ।
राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरुले भाग लिन पनउने छन् ।प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यका लागि राताे र प्रदेश सभा सदस्यका लागि हरियाे मतपत्रकाे व्यवस्था गरिएकाे छ ।
प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यकाे मतभार ७९ र प्रदेश सभा सदस्यकाे मतभार ४८ छ । याे निर्वाचनमा कुल मतभार ५२ हजार ७८६ छ । त्यसका आधारमा राष्ट्रपतिमा निर्वाचित हुनकाे लागि २६ हजार २९४ मतभार आवश्यक हुन्छ ।