नवनिर्वाचित राष्ट्रपति पाैडेलले साेमबारदेखि पदभार सम्हाल्ने

51

नवनिर्वाचित राष्ट्रपति पाैडेलले साेमबारदेखि पदभार सम्हाल्ने

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेलले साेमबारदेखि पदभार सम्हाल्दै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले पौडेलले सोमबार शपथग्रहण गरेपछि पद सम्हाल्नु हुनेछ ।
लामाे संघर्षपछि राष्ट्रपतीमा निर्वाचित रामचन्द्र पाैडेलले संविधान रक्षा नै आफ्नाे मुल कार्यभार भएकाे बताउनु भएकाे छ । उहाँले देश जोगाउने, संविधानका उपलब्धि रक्षा गर्ने जिम्मेवारी आफ्नाे मेरो काँधमा आएको बताउनु भयाे । ‘लोकतन्त्र अझै सुरक्षित छ जस्तो लाग्दैन ।’ उहाले भन्नू भएकाे छ-‘संविधान संरक्षण गर्ने र बचाउने जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने सोचेरै मैले राष्ट्रपति बन्ने निधो गरेको हो ।’
राष्ट्रपती चयनकाे लागि भएकाे निर्वाचनमा ३३ हजार ८०२ मतभार सहित उहाँ निर्वाचित हुनु भएकाे थियाे । त्यस्तै अर्का उम्मेद्वार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गर्नुभयाे ।