नेउवा महासंघको निर्वाचन कार्यतालिका

1.3K

नेउवा महासंघको निर्वाचन कार्यतालिका

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । आगामी चैतको २८ र २९ मा हुने महासंघको निर्वाचनमा उम्मेदवार हुनको लागि चैतको २१ गते साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउनु पर्नेछ ।
उम्मेदवारी दर्ता अनलाईनबाट पनि गराउन सकिने छ । अनलाईनमा दर्ता गराएको तीन दिन भित्र सक्कल कागजात उपलब्ध गराउनु पर्ने महासंघले जनाएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि मनोनयन शुल्क ५ लाख रुपैंया तोकिएको छ । त्यस्तै उपाध्यक्ष पदको लागि ३ लाख र कार्यकारिणी सदस्य पदको लागि ७५ हजार रुपैंया मनोनयन शुल्क तोकिएको छ ।
महासंघको साधारण सभा चैतको २८ गते होटल याक एण्ड एतीमा हुने छ भने २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनको कार्यक्रम तय गरिएको छ ।