राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथ ग्रहण

19

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण सहित पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा सर्बोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो । उहाँ यहि फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो ।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि लगायत सहभागी हुनुहुन्थ्यो । त्यसै अवसरमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि विदाई गरिएको छ ।