बुटवल महिला जेसीजमा ससक्तिकरण तालिम

100

बुटवल महिला जेसीजमा ससक्तिकरण तालिम

बुटवल महिला जेसीजमा ससक्तिकरण तालिम प्रदान गरिएकाे छ । बुटवल महिला जेसीजले सदस्यशहरुलाई ‘ईन्गेज, इम्पावर एण्ड ग्राे’ विषयमा तालिम प्रदान गरिएकाे हाे ।
तालिममा बाेल्दै नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा मातृ शाखा बुटवल जेसीजका निवर्तमान अध्यक्ष चन्द्रमणी भुसालले तालिमले सदस्यहरुलाई ससक्तिकरण गर्ने विश्वास व्यक्त गर्नुभयाे ।
तालिममा नेपाल जेसीजका प्रशिक्षक रमेश अर्यालले प्रशिक्षण गर्नुभएकाे थियाे । सदस्यहरुकाे ससक्तिकरण र नेतृत्व विकासकाे लागि तालिम कार्यक्रम गरिएकाे कार्यक्रम संयाेजक संगिता मरासिनीले बताउनु भयाे ।
बुटवल महिला जेसीजका अध्यक्ष कमला लम्सालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल जेसीज क्षेत्र घ तालिम आयुक्त राजन पौडेल, मातृ शाखा बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुवँर, पुर्व अध्यक्ष एवं सल्लाहकार तिला पाण्डेले मन्तव्य राख्नु भएकाे थियाे ।
त्यस अवसरमा लक्ष्मी पौडेल, कृति पाण्डे, संगिता ढकाल, पुजा अग्रहरीले तालिममा लिएकाे अनुभव शेयर गर्नु भएकाे छ । कार्यक्रम महासचिव रुपा श्रेष्ठ पाठककाे सञ्चालनमा भएको थियो ।