स्वतन्त्र विद्यार्थी यूनियनकाे निर्वाचनमा रुपन्देहीमा नेपाल विद्यार्थी संघले खाता खाेलेकाे छ । रुपन्देहीकाे सियारी गाउपालिकाकाे लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली काँग्रेसकाे भातृ संगठन नेपाल बिद्यार्थी संघको प्यानल विजय भएको हाे ।
आइतबार सम्पन्न स्ववियू चुनावको मतपरिणाम अनुसार सभापतिमा नेविसंघका अभिषेककुमार यादव विजय हुनु भएकाे हाे । यादवले ११३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकाे भातृ संगठन अनेरास्ववियूकी पुष्पा यादवले ५१ मत प्राप्त गर्नु भयाे ।
सचिवमा मुकेश नाउँ ,कोषाध्यक्षमा बिजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन मुराउ, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल बिजयी हुनु भएकाे छ । २३१ मतदाता रहेकाे उक्त क्याम्पसमा १६६ मत खसेकाे थियाे ।