लुम्बिनी विकास बैंकद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता

1.3K

लुम्बिनी विकास बैंकद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता

लुम्बिनी विकास बैंकले विद्यार्थीलाई वित्तिय साक्षरता प्रदान गरेको छ । ‘ग्लोवल मनी वीक’ कार्यक्रम अन्तरगत बैंकको रुपन्देहीको मणिग्राम शाखाको संयोजनमा तिलोत्तमा नगरपालिकाको न्यू ईन्भारमेन्ट सेकेन्डरी स्कुलका विद्यार्थीलाई वित्तिय साक्षरता प्रदान गरिएको हो ।
कार्यक्रममा त्यस विद्यालयका १२० जना भन्दा बढी विद्यार्थी सहभागी भएको बैंकका मणिग्राम शाखा प्रवन्धक शंकर पाण्डेले जानकारी गराउनु भयो । उहाँका अनुसार कार्यक्रममा बुटवल देवीनगर, ट्राफिकचोक, भैरहवा शाखाका प्रवन्धकहरुको सहभागिता रहेको थियो ।
त्यस अवसरमा विद्यालयका लेखा शिक्षक छवी श्रीसले बैंकको वित्तिय साक्षरता कार्यक्रमले विद्यार्थीमा बैंकिङ शिक्षा प्राप्त गर्नुको साथै वित्तिय ज्ञान तथा सीप प्राप्त गरेको बताउनु भयो ।
युवाहरुलाई वित्तिय साक्षरता प्रदान गर्ने उद्देश्यले सन् २०१२ देखि साप्ताहिक ‘ग्लोवल मनी वीक’ (जि.एम.डब्लु) अभियान सञ्चालन गर्दै आईएको छ । यो हरेक मार्च महिनामा मनाईन्छ । ‘अर्गनाईजेशन अफ ईकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट’को संयोजनमा विश्वका धेरै देशमा यो कार्यक्रम मनाईन्छ । युवालाई वित्तिय ज्ञान, सीप र मनोबृत्तिका साथै व्यवहारिक रुपमा सक्षम बनाउने र विवेकशिल वित्तिय निर्णय गर्न अभिप्रेरित गर्ने यो कार्यक्रमको मुल उद्देश्य हो ।
ग्लोवल मनी यीकको नारा ‘लर्न, सेभ, अर्न’ रहेको छ । त्यस्तै यो वर्ष सञ्चालन गरिएको ११ औं श्रीङ्खलामा ‘प्लान योर मनी, प्लान्ट योर फ्यूचर’ नारा तय गरिएको छ ।