पाल्पा भैरवस्थान-रुपन्देही परिवारमा सल्लाहकार चयन

1.3K

पाल्पा भैरवस्थान-रुपन्देही परिवारमा सल्लाहकार चयन

पाल्पा भैरवस्थान-रुपन्देही परिवारमा सल्लाहकार चयन गरिएकाे छ । परिवारकाे साेमबार बुटवलमा बसेकाे कर्यसमिति बैठकले संस्थाकाे सल्लाहकार चयन गरेकाे हाे ।
बैठकले संस्थाकाे सल्लाहकारमा नवराज श्रेष्ठ, गंगाप्रसाद गाैतम, बृषमान शाक्य, गाेविन्द खनाल र अर्जुन विकलाई चयन गरिएकाे सचिव नारायण खनालले जानकारी दिनुभयाे ।
त्यस्तै प्रेस सल्लाहकारमा पत्रकार कविन्द्र नेपाल र कानुनी सल्लाहकारमा अधिवक्ता तुलसीराम ढकाललाई चयन गरिएकाे छ ।
परिवारका अध्यक्ष मेघराज कंडेलकाे अध्यक्षतामा बसेकाे बैठकले कार्यसमिति सदस्य प्रदिप ज्ञवाली संयाेजक रहेकाे सांस्कृतिक उपसमिति, दिग्विजय अधिकारी संयाेजक रहेकाे नयाँ वर्षकाे भित्तेपात्राे प्रकाशन समिति गठन गरिएकाे छ ।