‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’

1.3K

‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’

प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्ने उदेश्यले ‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’ गरिएको छ । लुम्बिनी विकास कोष, पुरातात्व विभाग, यूनेस्को लगायतका संस्थाहरुको संयुक्त आयोजनामा तिलौराकोटमा सम्पदा उत्सव गरिएको हो ।
त्यस अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य अमृता अग्रहरी बुद्धको गृहनगर प्राचिन कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको उत्खनन चाँडो गर्न आग्रह गर्नुभयो । बुुद्धले २९ बर्ष बिताएको कपिलबस्तुु पछाडि परेको बताउँदै यसको विकासमा लागिपर्ने उहाँको भनाई छ ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई जतिसक्दो चाँडो विश्व सम्पदा सूूचीमा सूचीकरण गर्न पुरातात्व विभाग र लुम्बिनी विकास कोषलाई आग्रह गर्नुभयो । अर्का प्रदेशसभा सदस्य अर्जुन केसीले कपिलबस्तुुमा निकै सुुस्त गतीमा उत्खनन हुँदा पुरातात्विक सम्पदाहरु विनाश हुने खतरामा रहेको औंल्याउनु भयो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेकुमार त्रिपार्ठी) ले पुरातात्विक हिसाबले अन्वेषण गर्नुपर्ने भएकाले विकासमा ढिलाई भएको बताउनु भयो । उहाँले तिलौराकोटलाई आगामि सन् २०२४ मा विश्वसम्पदा सूूचीमा सूूचिकरण गर्नका लागि प्रस्ताव पेश गर्ने गरि तयारी गरिएको जानकारी गराउनु भयो । कपिलबस्तुुको विकासका सवालमा लुम्बिनी विकास कोषले गुुरुयोजना तयार पारेर केहि महिनामा सार्वजनिक गर्ने र त्यसैका आधारमा विकासको गति अगाडि बढ्ने उहाँले बताउनु भयो ।
पुरातात्व विभागका महानिर्देशक दामोदर गौतमले तिलौराकोटलाई विश्व सम्पदा सूूचीमा सूूचीकरण गर्नका लागि उच्च प्राथिमिकतामा राखेको बताउँदै त्यसका लागि विभागले उत्खननलाई पनि तिव्रता दिएको बताउनु भयो ।
सम्पदा उत्सवमा दुुर्हम विश्वविद्यालयका प्रोफेसर डा. रविन कनिङघम र पुरातात्व विभागका पुरातात्व अधिकृत विष्णुु पाठकले पछिल्लो पटक गरेको उत्खननबाट तिलौराकोटको विहार क्षेत्रमा बौद्धकालिन अवशेषहरु फेला परेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा भाषा सस्कृतीका बिषयमा प्यानल छलफल समेत गरिएको थियो । आदिवासि जनजातीको भाषा र सस्कृती सम्पदाका बिषयमा गंगा पुन, देवराज गुुरुङ, सुमित्रा थारु सहभागी छलफलमा बर्षा लेखीले सहजीकरण गर्नुभएको थियो । उत्सवमा थारु कला सस्कृतीहरुको प्रदर्शन तथा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम अघि विभिन्न देशबाट आएका विज्ञ समूहरुलाई प्रो. डा रविन कनिङघमले तिलौराकोट दरबार क्षेत्र, उत्खननबाट प्राप्त प्रमाणहरुको बारेमा जानकारी गराउनु भएको थियो । कपिलबस्तुमा प्रत्येक बर्ष तिलौराकोट–कपिलबस्तुु सम्पदा हुँदै आएको कोषका कपिलबस्तुु शाखा प्रमुख माधवप्रसाद आचार्यले जानकारी गराउनु भयो ।