बुटवल पाल्पा सडक आजदेखि दैनिक ९ घण्टा बन्दा हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन ईञ्जिनियरिङ कर्पोरेसनका आग्रहमा जिल्ला प्रशासन कार्यालय पाल्पाले बाटो बन्द गरेर निर्माणको काम गर्न अनुमति दिएको हो ।
जस अनुसार अर्को सूचना नहुँदा सम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेम्म सडक बन्द हुने छ । रामापिथेकस पार्क नजिकैको क्षेत्रमा सडक डाईभर्सनको काम सुरु भएको र माथिबाट ढुंगा खस्ने भएको हुँदा तत्काललाई ९ घण्टा सडक बन्दा गरिएको र कार्यप्रगतिको आधारमा संशोधन गर्न सकिने सूचनामा उल्लेख छ ।
