विश्व हिन्दु महासंघ नेपालकाे अध्यक्षमा पुन: अधिकारी

1.3K

विश्व हिन्दु महासंघ नेपालकाे अध्यक्षमा पुन: अधिकारी

विश्व हिन्दु महासंघ नेपालकाे अध्यक्षमा पुन: डा. रामचन्द्र अधिकारी निर्वाचित हुनु भएकाे छ । महासंघकाे बुधबार बुटवलमा सम्पन्न आठाैं महाधिवेशनले पुन: अधिकारीकाे अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
नवनिर्वाचित कार्यसमितिकाे सहअध्यक्षमा शंकर खराल निर्वाचित हुनु भएकाे छ । उपाध्यक्ष पदमा यज्ञप्रसाद ओली (काेशी), ज्याेत्सना साउद (मधेश), दिनेशकुमार सिंजापति (उपत्यका), प्रविण घिमिरे (वागमती), पार्वता पाैडेल, मुक्तिराम अधिकारी (गण्डकी), वेनबहादुर पाैडेल क्षेत्री (लुम्बिनी), ऋषिकेशजंग शाह (कर्णाली) र राजप्रसाद जाेशी (सुदुरपश्चिम) निर्वाचित हुनु भएकाे छ ।
त्यस्तै महासचिव पदमा रामचन्द्र तिवारी निर्वाचित हुनु भएकाे छ । सहकाेषाध्यक्ष पदमा अरुणकुमार श्रेष्ठ र सीता घिमिरे, सचिव पदमा पुनाराम पाेखरेल, प्रेमप्रकाश खड्का, नेत्रनाथ पाैडेल र राधा गिरी पण्डित सर्वसम्मत निर्वाचित हुनु भएकाे निर्वाचन समितिका संयाेजक महेन्द्रप्रसाद पाण्डेले जानकारी गराउनु भयाे ।
त्यस्तै महाधिवेशनबाट कार्यसमिति सदस्य पदमा ६६ जना निर्वाचित भएका छन् ।