राष्ट्रिय उपभोक्ता मञ्च लुम्बिनी प्रदश तदर्थ कार्यसमितिको उपाध्यक्ष पदमा जमुना पौडेललाई मनोनयन गरिएको छ । प्रदेश अधिवेशन समितिका संयोजक मोहन परियारले मञ्चको विधान तथा नियमावली २०६३ को दफा १ को उपदफा ग, सोही नियमावलीको दफा २ को उपदफा ज बमोजिम पौडेललाई मञ्चको लुम्बिनी पदेश तदर्थ कार्यसमितिको उपाध्यक्ष पदमा मनोनयन गर्नुभएको हो ।
