होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी

19

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी विजयी हुनु भएको छ । शनिबार बुटवलमा सम्पन्न संघको ११ औं अधिवेशनबाट अर्का उम्मेद्वार बाबुराम गौतमलाई ९८ मतले पराजित गर्दै अध्यक्षमा भण्डारी निर्वाचित हुनु भएको हो ।
अध्यक्षमा निर्वाचित भण्डारीले ५५० मत प्राप्त गर्दै अर्का उम्मेदवार गौतमले ४५२ मत प्राप्त गर्नु भएको थियो । अधिवेशनमा दुई प्यानल चुनावी मैदानमा थिए । परिणाम भने मिश्रीत आएको छ ।
संघको बरिष्ठ उपाध्यक्ष पदमा माधवकुमार खनाल, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंकप्रसाद पराजुली (प्रकाश) द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा अर्जुन थापा, सचिवमा थमन बहादुर भण्डारी, सहसचिवमा मोहन बस्याल र सह कोषाध्यक्षमा माधव ढकाल निर्वाचित हुनु भएको छ ।
कोषाध्यक्ष पदमा भने यस अगाडि नै रामबहादुर न्यौपाने निर्बिरोध निर्वाचित हुनु भएको थियो । महासचिवमा निर्वाचित अर्जुन थापा, प्रथम उपाध्यक्षमा निर्वाचित प्रेमप्रसाद भट्टराई, सचिव थम्मन भण्डारी र सहसचिवमा निर्वाचित अर्जुन पोखरेल लेखनाथ भण्डारी प्यानलबाट उम्मेदवार बन्नु भएको थियो ।
त्यस्तै ११ कार्यसमिति सदस्य पदमा भने भण्डारी प्यानलबाट २ जना र गौतम प्यानलबाट ९ जना निर्वाचित भएका छन् । २०५६ सालमा स्थापना भएको संघमा हाल जिल्लाका १ हजार २०३ व्यवसायी आवद्ध छन् । त्यसमध्ये १ हजार ७० मत खसेको थियो ।