राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल

31

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल

राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकार पत्रकार किरण पोखरेल नियुक्त हुनु भएको छ । उहाँलाई राष्ट्रपति पौडेलले आईतबार नियुक्त गर्नुभएको हो ।
पत्रकार पोखरेल सूचना आयोगको पूर्वआयुक्त हुनुहुन्छ । यस अगाडि राष्ट्रपति पौडेलले प्रेस संयोजकमा पत्रकार खिला कार्कीलाई नियुक्त गर्नुभएको थियो ।
त्यस्तै राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी पौडेल, परराष्ट्र सल्लाहकारमा डा सुरेशचन्द्र चालिसे, निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त हुनु भएको छ ।