अब बुटवलमा पनि नेपाली जुत्ता घर

35

अब बुटवलमा पनि नेपाली जुत्ता घर

नयाँ वर्षको प्रारम्भसँगै नेपाली जुत्ता घरले बुटवलमा विक्रि केन्द्र सञ्चालन गर्ने भएको छ । एउटै छानाबाट विभिन्न ब्राण्डका जुक्ता विक्रि वितरणको पवन्ध मिलाएर नेपालमा नौलो अभ्यास गरेका प्रतिष्ठित फूटवयर कम्पनीहरु संस्था नेपाली जुत्ता घरले काठमाण्ठौ पछि बुटवलमा पनि एउटै छानामुनी नेपाली जुत्ता घर बुटवल सञ्चालनको तयारी गरिएको आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
बुटवलको डेल्टामार्टमा यही वैशाख १ गतेदेखि साझा विक्री कक्षका रुपमा ‘नेपाली जुत्ताघर’ सञ्चालनमा आउने भएको हो ।
स्वदेशी फुटवेयर उत्पादनका बारे उपभोक्ताहरुलाई एकै ठाउँबाट अवलोकन र जानकारी गराउने, स्वदेशी उत्पादनको प्रवद्र्धन र कम्पनीका आफ्नै रिटेल आउटलेट मार्फत बाहिरी बजार समेत विस्तार गर्ने उद्देश्यकासाथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल फुटवेयर संघका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी गराउनु भयो ।
बुटवल मिलनचोक स्थित डेल्डा मार्टको पहिलो फ्लोरमा सञ्चालन हुने जुत्ता घरमा विदेशी जुत्ता चप्पल, छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी नेपाली उत्पादनको प्रवद्र्धन गर्ने नेपाली जुत्ता घरको लक्ष रहेको बताउनु भयो । बुटवलमा सञ्चालन हुने नेपाली जुत्ता घर बुटवलमा एक सय बढी ब्राण्डका ५ हजार बढी मोडलमा उत्पादनहरु विक्रि वितरण गरिने छ ।
शुभारम्भको अवधीभर एक महिना फ्याक्ट्रि मुल्यमै उपभोक्तालाई उपलब्ध गराईने अर्का उपाध्यक्ष सुरज वञ्जाडेले जानकारी गराउनु भयो ।
जुत्ता घरभित्र पवित्र शुज ईण्डष्ट्रिज प्रा.लिको शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि.को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लिको बि. एण्ड डियर हिल, लालिगुरा फुटवेयरको कस रोड, शुभकामनाको फस्र्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुजको स्मार्ट, रोयल शुजको रोयल तथा एकता शुजको टुरीष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् ।
नेपालमा हाल १५ बढी फुटवेयर उद्योगहरु रहेका छन् भने अधिकांश घरेलु तथा साना उद्योगका रुपमा रहेको नेपाल फुटवेयर संघका उपाध्यक्ष वञ्जाडेले बताउनु भयो । नेपाली जुत्ता उद्योगमा अर्व बढी लगानी रहेको पनि उहाँले बताउनु भयो ।