आन्तरिक राजश्व विभागले उत्कृष्ट करदाताकाे रुपमा सम्मान गरेका सदस्यहरुलाई नेपाल उद्याेग वाणिज्य महासले सम्मान गरेकाे छ । नेपाल उद्याेग वाणिज्य महासंघकाे ५७ ओैं वार्षिक साधारण सभामा महासंघका सदस्य उत्कृष्ट करदाताहरुलाई सम्मान गरिएकाे हाे।
त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका अध्यक्ष शेखर गाेल्छाले शिवशक्ति घ्यूल उद्याेग, नविल बैंक, मनकामना दर्शन प्रालि, हंशराज हुलासचन्द एण्ड कम्पनी पालि, आईएमई, नेपाल धिताेपत्र बजार विनिमय, सुर्य नेपाल प्रालि, गाेर्खा ब्रुअरी प्रालि, नाेवेल मेडिकल कलेज, राजेश मेटल क्राफ्ट प्रालिलाई सम्मान गर्नु भएकाे हाे ।
साधारण सभाका प्रधानमन्त्री दाहाले उद्घाटन गर्नु भएकाे छ । त्यसै अवसरमा महासंघले पूर्वअध्यक्ष कुशकुमार जाेशीलाई पूर्व अध्यक्ष वर्डसबाट सम्मान गरेकाे छ ।
त्यस्तै महासंघले प्रकाशन गरेका अर्थतन्त्रमा निजी क्षेत्रकाे याेगदान लगायत ४ वटा पुस्तक विमाेचन गरिएकाे छ ।