सत प्रतिशत एस भोट पाउँ : भाईस डिष्ट्रिक गभर्नरका उम्मेद्वार भट्टराई

42

सत प्रतिशत एस भोट पाउँ : भाईस डिष्ट्रिक गभर्नरका उम्मेद्वार भट्टराई

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा उम्मेद्वारी दिनुभएका बालाराम भट्टराईले आफूलाई जिताउन क्लवहरुलाई आग्रह गर्नु भएको छ । उहाँले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी मतदानको लागि मतदातालाई आग्रह गर्नुभएको हो ।
आफू सन् २००८ देखि लायन्सको यात्रामा रहेको जानकारी गराउँदै आफूलाई थप गतिशिल बनाउनको लागि पनि मतदान गरी जिताउन आग्रह गर्नुभएको हो । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको यहि बैशाख १६ गते रुपन्देहीको भैरहवामा महाधिवेशन हुदैछ ।
उक्त अधिवेशनमा सत प्रतिशत एस भोट गरी आफूलाई थप उर्जा र हौसला प्रदान गर्न उहाँले आग्रह गर्नुभएको हो । १५ वटा डिष्ट्रिक मध्ये सबैभन्दा ठूलो यो डिष्ट्रिकमा ५ वटा एरिया रहेका छन् । त्यस्तै १८६ क्लवबाट ३०४ मतदाता छन् । त्यसमध्ये आफूलाई ६० प्रतिशत भन्दा बढी मत प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।