लुम्बिनीका मुख्यमन्त्री गिरी पदमुक्त

55

लुम्बिनीका मुख्यमन्त्री गिरी पदमुक्त

लुम्बिनीमा मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनु भएको छ । सोमवार बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको मत प्रस्तावको पक्षमा ३३ मतमात्र प्राप्त गर्नुभयो । उहाँलाई एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै विश्वासको मत दिएका थिए ।
८७ सदस्यीय प्रदेशसभामा उहाँको पद कायम रहनको लागि ४४ सांसदको समर्थन आवश्यक थियो । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका सत्ता गठबन्धनका दल र एक जना स्वतन्त्र सांसदले विपक्षमा मत दिएका छन् ।
माओवादी केन्द्र लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार सोमबार विश्वासको मत लिनु भएको थियो । केन्द्रमा सत्ता समिकरण बदलिएपछि गत चैत १२ गते माओवादी केन्द्र लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।