चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तर सहित विजयी हुनु भएकाे छ । यहि बैशाख १० गते भएकाे उपनिर्वाचनमा राश्वपा सभापति लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुनुभयाे ।
निकटतम् प्रतिस्पर्धी काँग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गर्नुभयाे । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ छ ।
एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत प्राप्त गर्नुभयाे । ७८ हजार २ सय ७७ मत खसेको थियो ।
यश अघिकाे निर्वाचनमा पनि त्याे क्षेत्रबाट लामिछाने नै निर्वाचित हुनुभएकाे थियाे । नागरिकता सम्बन्धि विबादका कारण उहाँकाे सांसद पद गएपछि पुन: उपनिर्वाचन भएकाे हाे ।