लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त

1.3K

लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनु भएको छ । उहाँले प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार आठ दलका ५२ र एक स्वतन्त्र समेत गरी ५३ जना प्रदेश सभा सदस्यको समर्थनमा बिहिबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका एमाले प्रदेश संसदीय दलका नेता लिला गिरी यहि बैशाख ११ गते पदमुक्त भएसंगै प्रदेश प्रमुख शेरचनले बिहिबार अपरान्ह ४ बजेसम्मको समय दिएर संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो ।
केन्द्रको राजनीतिक समिकरण बदलिएसंगै माओवादी केन्द्र सहितका दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको नपाएपछि उहाँ मुख्यमन्त्रीबाट पदमुक्त हुनु भएको थियो ।
बिहिबार नियुक्त हुनु भएका मुख्यमन्त्री चौधरीले शुक्रबार शपथ ग्रहण गर्नु हुने छ । प्रदश प्रमुखको कार्यालयका अनुसार शुक्रबार मध्यान्न ११ः३० बजेको लागि शपथग्रहणको कार्यतालिका तय गरिएको छ ।