रुपन्देहीको शुद्धोधन गाउँपालिकाबाट प्रहरीले अवैध २८ बोरा चिनी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले टोलीले शुद्धोधन गाउँपालिका वडा नं.५ रजाडबाट बुधबार उक्त अवैध चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भारतबाट भन्सार छलेर नेपाल भित्र्याएको अन्दाजी १ लाख १२ हजार मुल्य बराबारको उक्त चिनी विभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरेको उक्त चिनी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहीया पठाईएको पनि प्रहरीले जनाएको छ ।