‘बुद्धका उपदेश अनुशरणले नै शान्ति र समृद्धि’

1.3K

‘बुद्धका उपदेश अनुशरणले नै शान्ति र समृद्धि’

बुद्धका उपदेशको अनुशरणले नै मूलुक शान्तिमय र समृद्ध हुने बौद्ध विज्ञहरुले बताएका छन् । सबै वर्ग समुदायबीच समन्वय र मिलाप कायम हुने थुप्रै उपदेश बुद्धले दिएको भन्दै वक्ताहरुले त्यस्ता उपदेशलाई विश्वव्यापी बनाउनुपर्ने जोड दिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले २५६७ औं बुद्ध जयन्तीको अवसरमा बिहिबार लुम्बिनीमा आयोजना गरेको ‘समृद्धिका लागि शान्ति ः सम्बुद्ध’ विषय परिसंवाद कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्धका उपदेशको अनुशरणमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्याक्ष भिक्षु मेत्तेयले बर्ग समन्वयबाट शान्ति कायम हुने उपदेश बुद्धले दिएको बताउनुभयो । विश्वका मुलुकहरुमा वर्गीय संघर्षका क्रान्तिहरु भए पनि त्यसले मात्रै शान्ति र स्थायीत्व हुन नसक्ने भन्दै बर्ग समन्वयबाटै शान्ति र समृद्धि हुन सक्ने बताउनु भयो । कम्बोडियाको द्वन्द्व र हालको अवस्थाको चित्रण गर्दै उहाँले हाम्रो मुलुकको समृद्धिका लागि पनि बुद्धले भनेजस्तै बर्गीय समन्वयको आवश्यकता रहेको बताउनु भयो ।
बुद्ध जयन्ती बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण गरी त्रिसंयोग भएको भन्दै उहाँले यो समयमा बुद्धका उपदेश अनुसरण गर्दै बुद्धलाई सम्झिनुपर्ने बताउनु भयो । बौद्ध विश्वविद्यालयले प्राज्ञिक छलफलबाट बुद्धका उपदेश प्रद्धर्वन गरेकोमा उहाँले प्रशंसा गर्नुभयो ।
सो अवसरमा बोल्दै बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलक आचायले बुद्धका उपदेशको अनुशरण तथा प्रवद्र्धनबाटै समृद्धि हासिल हुने बताउनुभयो । थाइल्याण्डको धम्मकाय विश्वविद्यालयले गरेका कार्यहरुको स्मरण गर्दै उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध संस्कृति, दर्शनको खोजमार्फत प्राज्ञिक कार्य गर्दै आइरहेको बताउनु भयो ।
‘अवको दशक ः प्राज्ञिक र सृजनात्मक अभियानका साथ प्राज्ञिक कार्यलाई शान्ति र समृद्धिसंग जोडर विश्वविद्यालयले काम गरिरहेको छ, उहाँले भन्नुभयो, –‘बुद्धका उपदेशको अनुशरणले शान्ति र स्थायित्वमा महत्वपूर्ण टेवा पुग्छ । त्यसमा जोड दिएका छौं ।’ बुद्ध जयन्तीलाई प्राज्ञिक दृष्टिकोणबाट फरक शैलीले मनाउनुपर्ने उहाँले बताउनु भयो । बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गरेर लुम्बिनीबाट शान्तिको सन्देश विश्वभर पु¥याउन जरुरी देखिएको उहाँले बताउनु भयो ।
विश्वविद्यालयका बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले नेपालमा वि.स. २०१३ सालबाट बुद्धजन्यन्ती मनाउन थालिएको भन्दै बुद्ध जयन्तीका सन्दर्भमा एकरुप धारणा भइनसकेको बताउनु भयो । बिभिन्न मुलुकहरुमा बुद्ध जन्म र मृत्युको मितिलाई आधार माने बुद्ध जयन्ती मनाउने गरिएको भन्दै उहाँले बुद्ध पूर्णिमा जन्ममात्रै नभएर त्रिसंयोग रहेको बताउनुभयो ।
अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले बुद्धजयन्तीलाई लुम्बिनी क्षेत्रका समुदायसहितको अपनत्व दिएर मनाउन सकिने बताउनुभयो । उहाँले दर्शन, संस्कृतिको खोज अनुसन्धानले नै बुद्धलाई जीवन्त बनाइरहने भन्दै रहेक नागरिकमा बुद्ध उपदेश पु¥याउने गरी अनुसन्धान केन्द्रले काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा अनुसन्धान केन्द्र सञ्चालक समितिका सदस्या प्रा.डा. भोजराज कडेरिया, विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, उपप्राध्यापक डा. ङिमा शेर्पा, दयानिधि गौतम, पर्यटन व्यवसायी लिलामणि शर्मा लगायतले बोल्दै शान्ति र समृद्धिका पक्षमा रहेका बुद्धका उपदेशहरुको चर्चापरिचर्चा गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय क्याम्पसले प्रकाशन गरेको लुम्बिनी प्रभा जर्नलको बिमोचन गरिएको छ । विश्वविद्यालयले बुद्ध जयन्तीको पूर्वसन्ध्यामा प्रज्ञाप्तुपा परिसरमा बौद्ध पुजा तथा दीप प्रज्ज्वलन गरेको छ ।