प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको असीमित सम्भावना रहेको बताउनु भएकाे छ । २५६७ औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उहाले याे अवसरबाट मुलुककाे विकास, शान्ति र समृद्धिकाे मार्गमा अगाडि बढ्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयाे ।
उहाले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको पनि प्रतिवद्धता व्यक्त गर्नुभयाे । उहाँले लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामलाई समेटेर वृहत्तर लुम्बिनीको रुपमा विकास गरिने बताउदै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकृत हुने क्रममा रहेको जानकारी गराउनु भयाे ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्वमै लुम्बिनीको महत्व अधिक रहेकाे बताउदै यसबाट नेपालले फाईदा लिन सक्नुपर्ने भनाई राख्नु भयाे ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट अवधारणा अनुसारकाे काम अगाडि बढाउनु पर्नेमा जाेड दिनुभयाे । मुख्यमन्त्री चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई शान्ति क्षेत्र घोषणा गर्न पनि माग गर्नुभयाे ।
कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किट बनाउनु पर्ने र एकीकृत पर्यटन विकासमा जाेड दिनुभयाे । उहाले विश्वभरका करिब चार अर्ब बौद्ध धर्मावलम्बीलाई लुम्बिनीमा ल्याउन सके त्यसका माध्यमबाट मुलुककाे आर्थिक विकास गर्न सकिने उल्लेख गर्नुभयाे ।