नेपाल प्रेस युनियन रुपन्देहीले प्रदान गर्ने जिपि काेईराला स्मृति पत्रकारिता पुरस्कार पत्रकार रामराज पाख्रेल र भवानीप्रसाद पाण्डेलाई प्रदान गर्ने भएकाे छ ।
प्रेस युनियन रुपन्देहीकाे आईतबार बुटवलमा बसेकाे कार्यसमिति बैठकले पुरस्कार छनाैट समितिले गरेकाे सिफारिस अनुसार जिपि काेईराला स्मृति पत्रकारिता पुरस्कार २०७८ पत्रकार पाेख्रेल र २०७९ भवानीप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेकाे हाे ।
काँग्रेसका संस्थापक नेता गिरिजाप्रसाद काेईरालाकाे निधनसंगै तत्कालिन युनियन रुपन्देहीका सभापति रामराज पाेख्रेल नेतृत्वको कार्यसमिति यो पुरस्कार स्थापना गरेको थियो । पछि यसलाई काेष तथा वितरण मापदण्ड बनाएर व्यवस्थित गरिएकाे थियाे ।
त्यस्तै टाेप सुशिला शिक्षा पत्रकारिता पुरस्कार पत्रकार माधव नेपाल प्रदान गर्ने भएकाे छ । युनियन रुपन्देहीले जिपि काेईराला स्मृति पत्रकारिता छनाैटका लागि माधव नेपाल र टाेप सुशिला शिक्षा पत्रकारिता पुरस्कार छनाैटका लागि छवि पाण्डे संयाेजक रहेकाे समिति गठन गरेकाे थियाे । ती समितिले गरेकाे सिफारिसका आधारमा युनियनले निर्णय गरेकाे हाे ।
याे दुई वटै पुरस्कार यहि बैशाख २९ गते हुने युनियन रुपन्देहीकाे जिल्ला अधिवेशनमा वितरण गरिने युनियनले जनाएकाे छ ।