रक्तदान किन गर्ने ? के छ फाईदा ?

1.3K

रक्तदान किन गर्ने ? के छ फाईदा ?

अधिवक्ता विमलराज भट्टराई /

स्वास्थ्यका दृष्टिले रक्तदानको बेफाईदा नै छैन । मुटुका लागि फाईदाजनक हुन्छ । नियमित रक्तदान गर्नेले रगत पातलो हुन्छ ।  रक्तचाप बढ्दैन । मोटोपना कम हुने गर्दछ । एक पटकमा तीन सयमिलीलिटर रगतमात्र दान गरिन्छ । जुन २४ देखि ४८घण्टा भित्रमा आफ्सेआफ स्वशरीर परिपूर्ति हुन्छ । रक्तदान पश्चात् शरीरमा रगतको कोशिका तिव्र गतिमा बढ्छ । शरीरमा रातो रक्तकोषिकाको वृद्धि भएमा अक्सिजनको मात्रा बढ्न थाल्छ । जसले गर्दा रक्तदान गरे लगत्तै शरीरमा स्फूर्ति बढ्छ । रक्तदान गरेमा संक्रमित रोग समेत पत्ता लाग्छ । रगतहरूमध्ये ओ नेगेटिभ रगत भएका व्यक्ति यूनिभर्सल डोनर हुन्, अर्थात उनीहरू जो कसैलाई आफ्नो रगत दान गर्न सक्छन् । हामी एक जनाले दान गिरेको रगतले तीन जनासम्मको ज्यान बचाउन सक्छ । त्यसैले १८ वर्ष माथिका तथा ६५ वर्ष उमेर समूहका कुनै पनि स्वस्थ्य व्यक्तिले रक्तदान गर्न सक्छन् । शरिरको तौल तौल ४५ किलो भन्दा बढि हुनुपर्ने, रगतमा हेमोग्लोविनको मात्रा १२ प्रतिशत भन्दा धेरै हुनुपर्छ । रक्तदान गर्ने व्यक्तिले एन्टीबायोटिक औषधि तथा कुनै दिर्घ रोगको नियमित औषधि सेवन नगरेको व्यक्तिको रगत स्वच्छ मानिन्छ । तीन वर्षयता जण्डिस वा कुनै ठूलो शल्यक्रिया नगरेको मानिसले तीन-तीन महिना महिनाको अन्तरालमा रक्तदान गर्न मिल्छ ।
रक्तदान दिन नमिल्ने अवस्था हामीले चाहेर पनि जटिल स्वास्थ्य समस्या भएको वा नियमित औषधि सेवन गरिरहेको अवस्थामा रक्तदान गर्न नमिल्ने वा रगत पछि काम नलाग्ने पनि हुनसक्छ । गम्भीर रोग लगेको, स्तनपान गराउने महिला, महिनावारी भएको बेलामा रक्तदान गर्नु नहुने जस्ता कुरा हामीले स्वास्थ्यकर्मीहरूसँगको जानकारीका आधारमा प्रचार गरेर रक्तदान कार्यक्रम आयोजना गर्न सकिन्छ । 
“रक्तदान जीवनदान” । हामीले आफ्नो शरीरलाई सग्लो राखेर परोपकारका लागि गर्न सकिने सबैभन्दा सजिलो काम हो, रक्तदान । यसलाई “जीवनदान” पनि भनिएकोछ।
अबकादिनमा हामी र हामी आवद्ध नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा उठउँदै आइरहेको रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू निःशुल्क बितरण हुनुपर्ने मागलाई प्रदेश सरकार र स्थानीय सरकारले आंशिक रूपमा भएपनि बितरण गर्न शुभारम्भ गरिएकोमा हार्दिक धन्यवाद दिन पर्दछ । यसैगरी आगामी दिनमा रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरू गुणस्तरीय परिक्षण पश्चात् चाहने पक्षलाई देशभित्र संघीय सरकारले ने एकरूपताका साथ निःशुल्क उपलब्ध गर्नुको विकल्प छैन । यसैगरी स्वयंसेवी रक्तदाताहरूको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरि रक्तदान पूर्व हेमोग्लोबिन (Hb) को मात्रा परिक्षण गरेर मात्र रक्तदान गर्न/गराउन लगाउँनु रक्तदातालाई सुरक्षित बनाउनु पनि हो । हाल नेपाल सरकारले स्वयंसेवी रक्तदाताहरूद्वारा दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूमा गरिएको शुल्क निर्धारणलाई खारेज गरि स्वयंसेवी रक्तदाताहरूको रगतलाई सम्मान गरेर स्वयंसेवी रक्तदाताहरूको संख्यामा बृद्धि गर्न तर्फ पहल गर्नुपर्ने आजको आवश्यकता पनि हो । यस्तो अवस्था सृजना गर्न स्वयंसेवी रक्तदाताहरूको संलग्नतामा राष्ट्रिय रक्त सञ्चार सेवा व्यवस्थापन समितिको गठन गरेर स्वयंसेवी रक्तदाताहरूलाई थप क्रियाशील बनाउनु अति उत्तम हुनेछ । नयाँनयाँ स्वयंसेवी रक्तदाताहरूको संख्यामा वृद्धि गर्नका लागि start 18 stars team को अवधारणालाई तत्काल सरकारी स्तरबाटै स्कुल कलेजहरूमा ब्यबहारिकरण गर्नुपर्ने देखिन्छ । ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यकतालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९० भन्दा बढी देशहरूमा कार्यरत छ।

नेपालमा रेडक्रस

नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को सुरुवात भएको हो । सम्पूर्ण ७७ वटै जिल्लाहरूमा नेपाल रेडक्रसले आफ्नो सेवाहरू दिँदै आएको छ । स्वयंसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरू विद्यार्थी, युवा स्वयंसेवी अनि स्वयंसेवी शिक्षकहरू, समुदायका व्यक्तिहरूले गर्दछन् । विसं १९९०, २०४५ अनि २०६३ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमिमा रेडक्रसले विपद् व्यवस्थापनमा ठुलै भुमिका निर्वाह गरेको छ। रेडक्रस आफ्नो सिद्धान्त अनुसार अगाडि बढिरहेको छ।
रेडक्रसका मुख्य सिद्धान्तहरू सात वटा रहेका छन् जून यस प्रकार छन् । मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वयंसेवा, एकता, सर्वव्यापकता । हेनरी ड्यूनान्टको मानव सेवा प्रतिको भाव स्वीकार गरेर रेडक्रससँग जोडिएर अरू थुप्रै हेनरीमनहरू अतुलनीय योगदानहरू गरिरहेका छन्, मानव सेवाकालागि जीवन समर्पण गर्ने रेडक्रसमा बिश्व भरका स्वयंसेवीहरू अनि मानवीय सेवाका नेतृत्वलाई नमन छ ।
“Let us make the voluntary blood'”