नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यता सुद्धिकरणका लागि सदस्यता त्यागकाे स्वघाेषणा गर्न अनुराेध गरेकाे छ । महासंघ केन्द्रीय समितिले तयार गरेको मापदण्डका आधारमा पत्रकारिता बाहेक अन्य पेशा, व्यवसाय तथा सेवामा रहेका सदस्यहरुलाई सदस्यता त्याग गरेकाे स्वघोषणा गर्न महासंघ रुपन्देहीले अनुराेध गरेकाे हाे ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेल र सचिव विनाेद परियारद्वारा जारी अनुराेध पत्रमा सदस्यता सुद्धिकरणमा साथ दिन अनुराेध गर्दै शुद्धिकरण अभियानमा साथ दिनेहरुलाई सम्मान सहित विदाई गरिने उल्लेख छ ।