नेपाल प्रेस युनियन रुपन्देहीले प्रदान गर्ने जिपि कोईराला स्मृती पत्रकारिता पुरकारबाट पत्रकारहरु रामराज पोख्रेल र भवानीप्रसाद पाण्डे पुरस्कृत हुनु भएको छ ।
युनियन रुपन्देहीको शुक्रबार बुटवलमा सम्पन्न २१ औं साधारण सभा तथा नवौं अभिवेशनमा जिपि कोईराला स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार रामराज पोख्रेल र २०७९ बाट पत्रकार भवानीप्रसाद पाण्डेलाई पुरस्कृत गरिएको हो । त्यस्तै टोप सुशिला शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार माधव नेपाल पुरस्कृत हुनु भएको छ ।


उहाँहरुलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल जिल्ला अध्यक्ष रेखा भुसाल लगायतका नेताहरुले पुरस्कार प्रदान गर्नुभएको हो ।
त्यसै अवसरमा टोप सुशिला शिक्षा पत्रकारिता पुरस्कारका संस्थापक लालप्रसाद पंगेनीलाई पनि सम्मान गरिएको छ । त्यस्तैगरी युनियनका पूर्वअध्यक्ष तथा सल्लाहकारहरुलाई पनि सम्मान गरिएको छ ।