नक्कली मह बनाएर बेच्ने सात भारतीय बुटवलमा पक्राउ

1.3K

नक्कली मह बनाएर बेच्ने सात भारतीय बुटवलमा पक्राउ

नक्कली मह बनाएर बेच्ने सात भारतीय नागरिक बुटवलबाट पक्राउ परेका छन् । बुटवलमा घर भाडामा लिएर नक्कली मह उत्पादन गर्ने र अर्गानिक भन्दै विक्रि वितरण गर्ने सात भारतीय नागरिकलाई प्रहरीले आईतबार बुटवल ११ सिर्जनानगरबाट पक्राउ गरेको हो ।
उनीहरुले बुटवल उपमहानगरपालिका वडा नं। ११ सिर्जनानगरमा चारवटा घर भाडामा लिएर नक्कली महको कारखाना खोलेर उत्पादन तथा विक्रि वितरण गर्दै आएको भेटिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा नक्कली मह उत्पादन भईरहेको पाईएको र छापा मार्ने क्रममा भारतको विहार वीरपुरका ५२ वर्षीय मनिस धामी, ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षीय रविन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षीय वुदुवा धामी पक्राउ परेका हुन् ।
त्यस्तै प्रहरीले उनीहरुले कारखाना सञ्चालन गरेको बृन्दा मल्लाह, आरती मल्लाह र वीरबहादुर कनौजेको घरबाट १६ बाल्टी नक्कली मह तथा ४ टिन मौरीको चाका बरामद गरिएको प्रहरीले जनाएको छ ।