लुम्बिनीमा आईतबारसम्म मन्त्री परिषदले पुर्णता पाउने

121

लुम्बिनीमा आईतबारसम्म मन्त्री परिषदले पुर्णता पाउने

लुम्बिनी प्रदेशमा आईतबारसम्म मन्त्री परिषदले पूर्णता पाउने भएकाे छ । प्रदेश सरकारका प्रवक्ता विना विभागीय मन्त्री सन्ताेष पाण्डेले मन्त्री परिषदलाई पूर्णता दिने कुरामा सकेसम्म भाेली (शुक्रकार) मन्त्रीपरिषदले पूर्णता पाउने र नभए आईतबारभन्दा पछाडि नजाने बताउनु भयाे ।
उहाँका अनुसार ११ सदस्यीय मन्त्रीपरिषदमा गठबन्धनकाे सबैभन्दा ठूलाे दल नेपाली काँग्रसले मुख्यमन्त्री सहित ४, माओवादी केन्द्रले ३ र अरु साना दलले एक एक मन्त्रालय लिनेगरी सहमति बनेकाे छ । तर मन्त्रलयकाे टुंगाे भने लागिसकेकाे छैन । काँग्रेसका डिल्लीबहादुर चाैधरीकाे नेतृत्वकाे याे सरकारमा माओवादी केन्द्रले आर्थिक मामिला मन्त्रालयकाे जिम्मेवारी पाईसकेकाे छ ।

जनमत संचार केन्द्र नेपालद्धारा बिहिबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता पाण्डेले ढिलोमा आइतबारसम्म प्रदेश सरकार बिस्तार भैसक्ने बताउनु भएकाे हाे ।
गठवन्धनको सरकार भएको र सबैलाई मिलाएर जानू पर्ने भएकाले सरकार बिस्तारमा ढिलाइ भएको भन्दै उनले शुक्रबारसम्म मन्त्रालयको बाडफाड टुंगिने र आइतबारसम्म सरकार बिस्तार भैसक्ने दाबी गर्नुभयाे ।
सरकार विस्तारसँगै प्रदेश सभाको बर्षे अधिवेशन आह्वानका प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने तयारी भैरहेको पनि उनले जानकारी गराउनु भयाे।
एक मन्त्रालय थप गर्ने बिषयमा छलफल भैरहेको बताउदै उहाँले सरकार बिस्तारपछि संघीयताको औचित्य पुष्टि गर्नेगरी काम गर्ने बताउनु भयाे ।
संघीयता कार्यान्वयन नहुँदा जनताले संघीयताको अनुभुती गर्न नपाएको भन्दै उहाँले सरकार बिस्तारसँगै संघीयता कार्यान्वयनका लागि लबिङ गर्ने बताउनु भयाे ।
जनमत संचार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा कार्यक्रम भएको हो ।