लुम्बिनी प्रदेश सभाकाे बजेट अधिवेशन आह्वान

32

लुम्बिनी प्रदेश सभाकाे बजेट अधिवेशन आह्वान

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाकाे अधिवेशन आह्वान गर्नु भएकाे छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यहि जेठ १२ गते शुक्रबार दिनको १ बजेलाई प्रदेश सभाकाे अधिवेशन आह्वान गर्नु भएकाे हाे ।
प्रदेश सभा अधिवेशन प्रदेश सभा भवन, राप्ती उपत्यका (देउखुरी) मा हुनेछ ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश सभाको अधिवेशन आव्हानकाे लागि मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मंगलबार प्रदेश प्रमुखलाई सिफारिस गर्नुभएकाे थियाे ।