नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यता सुद्धिकरणको लागि मापदण्ड बाहेकका सदस्यहरुलाई सदस्यता त्यागको स्वघोपषणा गर्न यहि जेठको १७ गते सम्मको समय दिएको छ ।
नेपाल पत्रकार महासंघको “सदस्यता नविकरण शुद्धिकरण मापदण्ड–२०८०” का आधारमा नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्यहरुलाई मापदण्डमा पर्ने सदस्यहरुको नविकरण नहुने हुँदा त्यसभित्र पर्नेहरुले त्यागको स्वघोषणा गर्न आग्रह गरेको हो । त्यसरी सदस्यता त्यागको स्वघोषणा गर्नेलाई सम्मान गरिने महासंघ रुपन्देहीका सचिव विनोद परियारद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सदस्यता त्यागको स्वघोषणा नगरेमा पनि मापदण्ड अनुसार शुद्धिकरण गरी सदस्यता नविकरण नगरिने महासंघ रुपन्देहीले जनाएको छ ।
महासंघले जारी गरेको विज्ञप्तीमा मापदण्ड अनुसार निम्न व्यक्तिहरुको सदस्यता नविकरण हुने छैन ।
पत्रकारितामा तीन वर्षदेखि सक्रिय नरहेको ।
राजनीतिक दलको कुनैपनि समितिको पदाधिकारी रहेको ।
जनप्रतिनिधि रहेको ।
सरकारी तथा सेवा आयोगको स्थायी, अस्थायी र करार सेवामा कार्यरत कर्मचारी ।
मिडिया संस्थान बाहेक अन्य संस्थानको कर्मचारी ।
कहिलेकाँही मात्र पत्रकारिता गर्ने, गैरसरकारी तथा बित्तीय क्षेत्रका कर्मचारी ।
मुख्य पेशा पत्रकारिता बाहेक अन्य पेशामा रहेकाहरु ।
सञ्चार माध्यममा व्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनिक कर्मचारीहरु ।
राजनीतिक दलमा सक्रिय कार्यसमितिका पदाधिकारी सदस्यहरु ।
६ महिना भन्दा लामो समयदेखि विदेशमा रहेकाहरु ।
स्थानीय प्रदेश र संघीय निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेद्वार भएकाहरु ।